२ देशकाे भ्रमण र तीर्थाटन सकेर फर्किँदै प्रचण्ड

२ देशकाे भ्रमण र तीर्थाटन सकेर फर्किँदै प्रचण्ड


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किँदै छन् ।

आठ दिनको चीन भ्रमण सकेर उनी आज बिहान स्वदेश फर्किन लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।