Logo

शाखा अधिकृत उप्रेतीले पुरस्कार रकम यसरी गरे सदुपयाेग


काठमाडाैं । निजामती सेवा पुरस्कार पाएका नेपाल सरकारका शाखा अधिकृत राजेश उप्रेतीले गजब काम गरेका छन् ।

निजामती सेवा दिवसकाे अवसरमा शाखा अधिकृत उप्रेतीले निजामती सेवा पुरस्कार प्राप्त गरे ।

काठमाडाैंकाे प्रज्ञा भवनमा अायाेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई साे पुरस्कार प्रदान गरे । उप्रेतीले पुरस्कारमा पचास हजार रुपैयाँ नगद पनि प्राप्त गरेका छन् ।

पुरस्कारमा पाएकाे रकममा पचास हजार थप गरेर उनले चितवनको पिठुवा स्थित भद्रकाली माविमा अध्ययन गर्ने गरिब अनि जेहन्दार छात्र छात्राहरुको सहज अध्ययनका निम्ति एक अक्षय कोष खडा गर्न प्रदान गर्ने घाेषणा गरे । साे रकमबाट छात्रवृत्ति दिइने छ ।

उनले साेही समाराेहमा अक्षय काेष खडा गर्न एक लाख रुपैयाँकाे चेक समेत सम्बन्धितहरुलाई हस्तान्तरण समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्