नेप्सेमा हरियाली, सूचक २ हजार माथि

नेप्सेमा हरियाली, सूचक २ हजार माथि


काठमाडौं

सेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।

बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ । ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से सूचकले १९९० आसपासको विन्दुलाई बटम बनाएर फर्किएपछि सकारात्मक माहोल देखिएको हो । यसअघि २२ सय भन्दा माथि पुगेको बजार मौद्रिक नीतिपछि भने निरन्तरजसो घटेको यियो ।

यसरी घटेको बजार सोमबार २ हजार विन्दुभन्दा पनि तल झरेको थियो । त्यसपछि भने बजार बाउन्स ब्याक भएको हो ।

यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र आइएमई लाइफ इन्स्योरेन्स परेका छन् ।