आइपिओ जारी गर्दै ठुलो खोला हाइड्रो

आइपिओ जारी गर्दै ठुलो खोला हाइड्रो


काठमाडौँ ।

ठुलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

आइपिओ निष्कासनका लागि (आज) आइतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठुलो खोला हाइड्रोपावर लिमिटेडबीच सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा ठुलो खोला हाइड्रोका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठुलो खोला हाइड्रोपावर लिमिटेडको आइपिओ सार्वजनिक निष्कासन गर्नेछ । ठुलो खोला हाइड्रोले निर्माण गरिरहेको माथिल्लो ठुलाे खोला ए जलविद्युत आयोजना म्याग्दी जिल्लामा अवस्थित छ भने २२.५ मेगावाट बिजुली उत्पादनकाे लक्ष्य राखेकाे छ ।