नेप्सेकाे ओरालाे यात्रामा ब्रेक : अंकमा सुधारियाे, काराेबार घट्याे

नेप्सेकाे ओरालाे यात्रामा ब्रेक : अंकमा सुधारियाे, काराेबार घट्याे


काठमाडौँ ।

सेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ३५५.६२ विन्दुमा पुगेको छ।

यसअघि बजेट भाषणपछि नेप्से निरन्तर ओरालाे यात्रामा थियाे ।  आज २७१ कम्पनीको ६१ लाख २१ हजार ६२१ कित्ता सेयर किनबेच भएकाे छ ।

नेप्सेमा झिनाे अंककाे सुधार भए पनि काराेबार रकम भने घटेकाे छ । आज १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँ बराबरकाे काराेबार भएकाे छ । बुधबार २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार बराबरको सेयर कारोबार भएको थियो।

१३ वटा उपसमूहमध्ये सबैको समूहगत परिसूचक बढेको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४९ प्रतिशतले बढेको छ ।

आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.९४ प्रतिशतले मूल्य बढ्यो।

यस्तै बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०८ प्रतिशतले बढ्यो भने सनराइज फोकस्ड इक्विटी फन्डको मूल्य सर्वाधिक ६ प्रतिशतले घटेकाे छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक प्रमोटर सेयर सर्वाधिक बिक्री भयो  । सो कम्पनीको २३ करोड २१ लाख रुपैयाँभन्दा बढीकाे कारोबार भयो । शिवम् सिमेन्टको ११ करोड र एनआइसी एसिया बैंकको ४ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भयो ।