new

राजु देउलाको नयाँ गीत अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक

Published Date: December 4, 2016

गायक तथा संकलक राजु देउलाको नयाँ गीत  अँध्यारोमै जिउन चाहन्छु’ सार्वजनिक भएको छ । आज काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा एक सार्वजनिक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरीएको  हो । आफ्नै शब्द तथा विक्रम थापाको संगीत रहेको ‘अध्याँरोमै जिउन चाहन्छु’ आधुनिक गीत हो । लामो समयदेखि संगीत क्षेत्रमा संघर्ष गर्दै आएका राजु देउलाले उक्त गीतबाट आफूले राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेको बताए । ‘मैले निकै मेहनत गरेको छु, युवा पुस्ताले रुचाउलान् भन्ने विश्वास लिएको छु’ उनले भने । राजेश शर्मा, अनिता र दिपेनले अभिनय गरेको गीत उक्त गीत हाइलाईट्स नेपालले बजारमा ल्याएको छ । लामो समयदेखि व्यवसायमा आबद्ध राजेश शर्माले उक्त गीतमा एक घाइते प्रेमीको भूमिका निर्वाह गरेका छन् भने दिपेन र अनिताले उनलाई साथ दिएका छन् । यादव पुडासैनीले निर्देशन गरेको म्युजिक भिडियोमा सुरेश बज्राचार्यको सिनेमेट्रो ग्राफिक्स रहेको छ भने दृष्य सम्पादन नविन निरौलाले गरेका छन् ।

लोकप्रिय