अन्डरवर्ल्ड डन छोटा राजनका सहयोगी नेपाल-भारत सीमाबाट पक्राउ

अन्डरवर्ल्ड डन छोटा राजनका सहयोगी नेपाल-भारत सीमाबाट पक्राउ


काठमाडौं ।

अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया पक्राउ परेका छन् ।

भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ)ले पक्राउ गरेको हो ।

सिसोदियालाई भारतीय सुरक्षा अधिकारीहरुले नेपालमा लुकेर बसेको बताउँदै आएका थिए ।

दिपक नेपालबाट आफ्नो घर आउँदै गरेको सूचना प्राप्त भएपछि आफ्नो टोली परिचालित भएको थियो ।

सुचना पाउनसाथ खटिएको टोलीले उनलाई बनवासा रेल स्टेशन नजिकैबाट पक्राउ गरेको हो ।अ‘थप कानूनी प्रक्रियाका लागि उनलाई मुम्बई पठाउने तयारी भइरहेको छ ।

नैनताल प्रहरीले दिपकबारे सूचना दिनेलाई भारु २५ हजार रुपैयाँ इनाम दिने घोषणा समेत गरेको थियो । मुम्बईको पत्रिका ‘मिड डे’का पत्रकार जे डेलाई अज्ञात समूहले ११ जुन २०११ मा गोली हानी हत्या गरेको थियो । मुम्बई अन्डरवर्ल्डका विज्ञ मानिने उनले ‘जेरो डायल’ र ‘खल्लास’ गरी दुई पुस्तक समेत लेखेका थिए ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २०११ मै दिपक सिसोदियालाई पक्राउ गरेको थियो । उनले जे डेको हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएको प्रहरीको निष्कर्ष थियो ।

जन्मकैदको सजाय काटिरहेका बेला दिपक २०२२ को जेनवरीमा ४५ दिनको पेरोलमा छुटेका थिए ।