भोलि विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु बन्द

भोलि विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु बन्द


काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलि बन्द हुने भएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।

विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुदाँ उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो ।

विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ ।