स्रोत नखुलेको ९ लाख रुपैयाँसहित पक्राउ परे चाैधरी

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित पक्राउ परे चाैधरी


विराटनगर ।

मोरङको विराटनगरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका अनुसार स्रोत नखुलेको ९ लाख १७ हजार रुपैयाँ नगदसहित विराटनगर महानगरपालिका-१४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन् ।

उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर–१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो ।

प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरीलाई खानतलासी गर्दा सिटमुनि नगद फेला परेको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि चौधरी र मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ।