नेपाल लाइफद्वारा दूधकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

नेपाल लाइफद्वारा दूधकुण्डमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौँ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बू जिल्लाको ४६३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल दूधकुण्डमा तीर्थयात्रीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको इन्स्योरेन्सले जनाएको छ । शिविरबाट ४२२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरूले संयुक्त रूपमा शिविर सञ्चालन गरेका थिए । विशेषतः मेला लाग्ने स्थान हिमाली भेग भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरको उपचार गरिएको थियो ।

निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।