new

महामन्त्री कोइराला नवलपुरबाट निर्वाचन लडने

Published Date: October 11, 2017

नवलपुर । नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं १ क बाट महामन्त्री डा. शशांक कोइराला निर्वाचन लड्ने हुनुभएको छ । बिगत दुई संबिधानसभामा सोहि क्षेत्रबाट निर्वाचित हुनुभएका डा कोइरालालाई नवलपुरले पुन त्यहि निर्वाचन क्षेत्रबाट उमेदवारका लागी सिफरिस गरेपछि त्यहिबाट निर्वाचन लड्ने तयारी गर्नुभएको उहाँ निकट श्रोतले बताएको छ । कोइरालाहरुको भुमीका रुपमा चिनिएिको बिराटनगर र पुर्व पार्टी सभापति शुशिल कोइरालाको निर्वाचन क्षेत्र बाँकेबाट निर्वाचन लडाउने प्रयास लागेका काग्रेसका केहि नेताहरुले प्रयास असफल भएको छ । महामन्त्री कोइरालाले बिगतमा आफ्नो उमेदवारीलाई सहस्र स्वीकार गरेका नवलपुर बासीको तेस्रो पटकको सिफरिसले आफु उत्साहित बनेको र सोही क्षेत्रमा निर्वाचन लड्ने उहाँलाई भेटन कोइराला निवास पुगेका कार्यकर्तालाई बताएको एक नेताले बताएका छन् । महामन्त्री कोइरालाको निर्वाचन क्षेत्र १ मा नेपाली काग्रेस क्षेत्रिय समितिले भने उहाँको नामसगै प्रत्यक्षमा पुर्व सभासद महेन्द्रध्वज जि सी र काग्रेस जिल्ला सदस्य कमला तिवारीको नाम सिफरिस गरेको छ । उता क्षेत्र नं १ को संघको समानुपातिकतर्फ भने ५ जनाको नाम सिफारिस गरेको क्षेत्रिय सभापति द्रोण बन सन्यासीले बताउनुभएको छ । सिफारिस हुनेमा पुर्ब केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली,महासमिति सदस्य मदनभक्त अधिकारी, मोहनवहादुर परियार, शारदा ढकाल र कर्नेल धनबहादुर मास्के रानालाई रहनुभएको छ । क्षेत्र नं १ क अन्तरगत प्रदेशसभाकालागि प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा ओमप्रसाद सापकोटा, होमराज रानाभाट , द्रोण बन सन्यासी, सत्यनारायण खनाल, कमल पराजुली, हरिराज गौतम, करुणासागर सुवेदी, गोकुल सापकोटा र तुलसी गौतम रहेका छन् । सोही क्षेत्रको क को समानुपातिकमा महासमिति सदस्य द्धय गजेन्द्र आले, तिलकप्रसाद सापकोटा, हरिराज गौतम, पुष्पराज पौडेल, विष्णुप्रसाद कँडेल, अमृत भट्टचन, बालकृष्ण बकावल, अमृत श्रेष्ठ, संगीता घिमिरे, प्रेमबहादुर विक, शान्ति न्यौपाने गरि १० जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ ख प्रदेशको प्रत्यक्षतर्फ १९ जना र समानुपातिकमा १९ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिस हुनेमा भानु सिग्देल, हेमराज कोईराला, कपिलदेब भुषाल, झपेन्द्रश्वर भुषाल, ओमकला गौतम, विष्णु पाण्डे, महेन्द्र पोखरेल, अशोक वस्ताकोटी, डिल्लीराम कडरिया, अशोक केसि, डा. मोहनीलाल भुषाल, धर्मराज बस्याल, एकनारायण अधिकारी, श्यामप्रसाद श्रेष्ठ, गीता कोईराला, रेणु बस्ताकोटी, सरस्वति तिमिल्सिना, उदयराज अधिकारी, वालकृष्ण घिमिरे रहनुभएको छ । समानुपातिक तर्फ सिफारिस हुनेमा शान्ति तिवारी, राजेन्द्र पराजुली, श्याम श्रेष्ठ, बेलौती खनाल, लक्ष्मी बस्ताकोटी, जमुना सुनुवार, निर्मला कँडेल, सिता कुवर, चेतनारायण चौधरी, कृष्णप्रसाद लामिछाने, होमबहादुर मल्ल, पुर्ण सिंह खण्डुलुक, जयबहादुर विरकट्टा, डिलमाया राना, सन्तमाया परियार, रामचन्द्र भट्टराई, प्रेमबहादुर विक, अमर बहादुर विक र अमृता सिग्देल रहनुभएको नेपाली काँग्रेस क्षेत्र नं १ का सचिब विष्णुप्रसाद कँडेलले जानकारी दिनुभयो । क्षेत्रिय समितिले नगर समितिको सिफारिस क्षेत्रिय समितिमा आएको दावीलाई जिल्ला समितिमा सिफारिस गरेको क्षेत्रिय सभापति द्रोण बनले जानकारी दिनुभयो । जिल्लाले पनि क्षेत्रवाट आएका सवै नामलाई केन्द्रमा पठाएको जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिनुभयो ।

लोकप्रिय