new

संसदिय समितिमा कस्ले काट्यो कोइरालाको नाम

Published Date: October 11, 2017

काठमाडौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई संसदिय समितिमा नराखेपछि पौडेल समुहमा खैलाबैला मच्चिएको छ । बिगत चार दिन देखि जारी केन्द्रिय कार्य सम्पादन समितिमा कांग्रेस सभापति एबंम प्रधानमन्त्री शेर बहादुर देउवाको आमन्त्रणमा सहभागी हुदै आएका नेता कोइरालालाई संसदिय समितिमा नराखेपछि काग्रेसको पौडेल समुहमा खैलाबैला मच्चिएको छ । पौडेल समुहमा पदाधिकारी बाहेक चार जना सहभागी हुदा डा शेखर कोइरालालाई समाबेश गर्ने सहमति भैसकेको थियो । कांग्रेस पार्टी विधानको दफा ३१ बमोजिम संसदीय समिति गठन गरेका हो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरुको चयनका लागि सभापति देउवाले बुधबार पार्टीको शक्तिशाली समिति गठन गरेका हुन्।
पार्टी विधान अनुसार ६ जना पदाधिकारी पदेन सदस्यका रुपमा रहने समितिमा सभापतिले बढीमा ८ जना केन्द्रीय सदस्यलाई मनोनित गरी संसदीय दलको नेतासहित १५ सदस्यीय संसदीय समिति रहने व्यवस्था छ। हाल कांग्रेस संसदीय दलको नेता पनि स्वयं सभापति देउवा नै भएको कारण देउवाले विधान अनुसार १४ सदस्यीय समिति बनाउनु पर्ने हो।
तर पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन सभापति देउवाले विधानले तय गरेको भन्दा तीन सदस्य थप गर्दै १७ सदस्यीय संसदीय समिति बनाएका हुन्।
हालै बसेको केन्द्रीय समितिले संसदीय समिति गठनका लागि सभापतिले देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आवश्यक परामर्शमा गर्न सक्ने अधिकार दिएको थियो।
सोही आधारमा सभापति देउवाले पौडेल पक्षबाट ६ जना र आफ्नो समूहबाट ११ जना गरी १७ सदस्यीय समिति गठन गरेका हुन ।

सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल बिच १७ सदस्यि संसदिय समिति निमार्ण गर्ने सहमति भएको थियो । सहमति अनुसार सभापति देउवाले आफु सहित ९ जना र पौडेल समुहले दुई पदाधिकारी सहित ६ जना र नेता द्धय खुम बहादुर खडका र कृष्ण सिटौला सहित १७ जनाको समिति बनाउने सहमति भएको थियो । बिधानमा १५ सदस्यि समिति ब्यबस्था भएकाले दुई जना थप गर्नु पर्ने बाध्यता सभापति देउवालाई भएपछि १७ सदस्यि समिति बनाउन दुई पक्ष तयार भएको कागे्रसका एक नेताले बिकास टाइम्सलाई बताए ।

बिधान बमोजिम नै गठन गर्ने अबस्थामा सभापति देउवाले पहिला तिन जनाको नाम मागेपछि बरिष्ठ नेता पौडेल पुर्वमहामन्त्री प्रकाशमान सिह र डा रामशरण महतको नाम दिने बिषयमा सहमति भएको थियो । तर १७ सदस्यि समिति बनाउने भएपछि पौडेल समुहले थप एक जनाको नाम पठाउने बिषयमा बरिष्ठ नेता पौडेल र महामन्त्री शशाँक कोइराला बिच छलफल गरेर पठाउन समुहका नेताहरु सहमत भएका थिए ।

कार्य सम्पादन समितिमा छुटेका डा शेखर कोइरालालाई नै संसदिय समितिमा पठाउने बिषयमा पटक पटक पौडेल र महामन्त्री कोइराला बिच छलफल भै सहमति भएको थियो । सभापति देउवाले आमन्त्रित रुपमा समेत कार्य सम्पादन समितिको बैठकमा बोलाउन थालेपछि डा शेखर कोइरालालाई संसदिय समिति राख्ने अनौपचारिक सहमति समेत दुई पक्ष बिच भएको थियो।

सभापति देउवाले नेता पौडेललाई महाधिबेशनमा सबैभन्दा बढी मत ल्याएको र जिल्लाको बस्तुस्थितीका बारेमा ज्ञान भएकाले नेता शेखर कोइरालाको नाम दिन पटक पटक आग्रह गरेको पौडेल समुहका एक नेताले बताएका छन् तर बरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले कोइरालाको नाम अन्तिम अबश्थामा एक्कासी काटेर महेश आचार्यको नाम समेटेको बताएका छन् ।
कांग्रेस नेताका अनुसार, समितिको सदस्यमा पौडेल पक्षबाट उनीसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेतात्रय प्रकाशमान सिंह, रामशरण महत र महेश आचार्य रहेका छन्।

त्यसैगरी देउवाले आफ्नो पक्षबाट उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, अर्जुनरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र प्रकाशशरण महतलाई समितिमा राखेका छन्।
पार्टीको तेस्रो धारका नेताका रुपमा परिचित कृष्णप्रसाद सिटौला पनि समितिको सदस्य रहेका छन्। भने अर्का नेता खुमबहादुर खड्का पनि आफ्नो धारको प्रति प्रतिनिधित्व गर्दै सहभागी बनाइएको छ ।

लोकप्रिय