new

मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाकाे विश्वकप यात्रा सुनिश्चित

Published Date: October 11, 2017

अर्जेन्टिनाका विश्व चर्चित खेलाडी लियोनल मेसीले इक्वेडरविरुद्ध ह्याट्रिक गर्दै आफ्नो मुलुकलाई सन २०१८ को विश्वकप यात्रा सुनिश्चित गरेका छन्।

केही समय अगाडि सम्पन्न छनौट प्रतियोगिताको निकै महत्वपूण खेलमा मेसीले इक्वेडर ह्याट्रिक गर्दै ३–१ को गोल अन्तर निकाल्दै समूह चरणमा स्थान सुरक्षित गराएका हुन्।

दक्षिण अमेरिकाको समूहबाट छनौटमा पर्ने जटिल अवस्थामा रहेको अर्जेन्टिना विरुद्धको खेलको सुरुवातमै एकमिनेट वित्न नपाउँदै इक्वेडरले गोल गर्दै अग्रता लिएको थियो।

तर जादुमयी खेलका धनी मेसीले खेलको ११ मिनेट वित्न नपाउँदै गोल फर्काएर बराबरीमा पारेका थिए। त्यसपछि पहिलो हाफको २० मिनेटभित्र दोस्रो गोल गर्दै अग्रता दिलाएका मेसीले खेलको ८१औं मिनेटमा मैदानको मध्यभागबाट एक्लै बल लिएर अगाडि बढे।

विपक्षी खेलाडीहरुलाई कुनै मौका नदिई डिबक्स बाहिरैबाट अत्यन्त सुन्दर गोल गर्दै ह्याट्रिक गरेका मेसीले आफ्नो देशको विश्वकप यात्रा सुनिश्चित गराउन सफल भए।

11/10/2017, 08: 27: 11 मा प्रकाशित

लोकप्रिय