new

भेरी-बबई डाईभर्सनको सुरुङ मेसिनबाट खन्न सुरु

Published Date: September 28, 2017

बर्दिया। भेरी -बबई डाईभर्सन वहुउद्देश्यीय आयोजनाको मेसिनबाट सुरूङ खन्ने काम सुरु भएको छ । फूलपातीको अवसर पारेर सिँचाई मन्त्री संजयकुमार गौतमले मेसिनको स्वीच थिचेर उद्घाटन गरी राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको भेरी-बबई नदी बीचको सुरूङ खन्ने काम गरिएको हो ।

नेपालमै पहिलो पटक चुरे पहाडमा प्रयोग स्वरुप सुरु गरिएको (टीवीएम) मेसिन पाकिस्तानको नेलम झेलममा प्रयोग भैसकेको छ । नेपालको शिवालिक (चुरेक्षेत्रमा) प्रयोग गरिएको मेसिनको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधीन अन्य आयोजनाहरुमा समेत सफलता मिल्ने सिँचाई मन्त्री संजयकुमार गौतमले बताए ।
उनले भने मेसिनको प्रयोगले आयोजनाको काम छिटो हुनेमा हामी विस्वस्थ छौं । मेसिनबाट दैनिक १५ देखि २० मिटरको सुरूङ खन्ने काम हुने भएकाले पनि चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गर्न सरकार लागि परेको उनले वताए । प्रविधिको प्रयोगले २ वर्ष सम्ममा १२ किलोमिटर सुरूङ खन्ने लक्ष्य रहेपनि प्राविधिक जटिलताका कारण १ बर्ष थप गरी ३ वर्ष सम्ममा सुरूङ निर्माण कार्य सम्पन्न हुने गौतमको भनाई छ ।

आयोजना सम्पन्न भए पश्चात बाँके बर्दियाको ५१ हजार कृषि क्षेत्र सिँचित हुने वताउँदै उनले थपे ५ वर्ष भित्रमा पावर हाउस र भेरी नदीमा वाँध वाध्ने कार्य समेत सम्पन्न हुन्छ । नेपालमा टीवीएम मेसिनको सफलता सँगै मेट्रो रेल, हाईड्रोपावर, फास्टट्रयाक निर्माण कार्यले समेत सफलता पाउने मन्त्री गौतमले दाबी गरे ।

मेसिनको प्रयोग नेपालमा पनि सुरु भएकाले विकासको मेरुदण्ड बन्ने भेरी(बबई डाईभर्सन आयोजनाका निर्देशक शिव कुमार वस्नेतले बताए । उनले भने( ‘टीवीएमबाट नेपालका अन्य नदीहरु डाईभर्सन गर्न सहज हुन्छ । ६ वर्षअघि काम सुरु गरेको आयोजनाले हालसम्म १५० मीटर मात्र सुरूङ खन्ने काम सकेको छ ।’ २ सय ७४ मिटर लम्बाईको टीवीएम मध्ये १ सय ३० मीटर जडान गरिएको बस्नेतले बताए ।

सुरूङमा प्रवेश गराईएको मेसिन ३ वर्षमा भेरीको मुहानमा निस्किने बताईएको छ । १० अर्ब ५६ करोड रुपैयाँको लागतमा सञ्चालित आयोजनाको काम सन् २०२० मार्च सम्ममा सम्पन्न गरिसक्नु पर्ने छ । सुरु मा सम्झौता व्यवस्थापनमा समस्या रहेपनि हाल समस्या नरहेको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा साढे ४ अर्ब रकम आवस्यक रहेपनि ३ अरव ९५ करोड रुपैयाँ मात्र उपलब्ध भएको निर्देशक बस्नेतले प्रष्ट्याए ।
बाँकी भुक्तानी अर्थमन्त्रालयले उपलब्ध गराउने प्रतिवद्धता गरेको जानकारी दिँदै आयोजनाको काममा प्रविधिको प्रयोग भएकाले सुरूङ भित्र मेसिन विग्रिए त्यसको समाधानमा व्यवस्थापकिय समस्या आउने बस्नेतले बताए । सरकारले राष्ट्रिय गौरवको भेरी(बबई डाईभर्सन वहुउद्देश्यीय आयोजना निर्माणको सम्झौता चाईना ओभरसिज ईन्जिनियरिङ्ग ग्रुपसँग गरेको थियो ।

लोकप्रिय