नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ


काठमाडौं ।

नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति प्रक्राउ परेका छन् ।

पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

उनीहरुमाथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो ।

रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।