new

कस्को थियो ८८ किलोग्राम सुन

Published Date: September 20, 2017

काठमाडौ । केही साता अघि चीनबाट तस्करी गरेर नेपाल ल्याइएको ८८ किलोग्राम सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँचजना सुनचाँदी व्यापारीलार्इ पक्राउ गरेको छ ।

सुन तस्करीमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीका पाँचजना व्यापारीलार्इ पक्राउ गर्न सफल भएको हो । सोमबार पक्राउ परेका उनीहरूलार्इ प्रहरीले बुधबार मात्रै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा रविश्पायाम ट्रेडर्सका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका मालिक सुगरत्न शाक्य, कार्यविनायक सुनचाँदी पसलका मालिक गणेशदत्त बडु, उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसलका मालिक नन्दकुमार मर्गलेलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताउनुभयो ।

एसएसपी लोहनीका अनुसार यी व्यापारीले चीनबाट अवैध रुपमा ल्याइने किनेको कुरा अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबैजनलाई अनुसन्धान अघि बढाउन म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

लोकप्रिय