new

नेपाल एसीसी यु–१९ पूर्वी क्षेत्रको छनोटको खेलमा नेपाल च्याम्पियन

Published Date: September 17, 2017

काठमाडौं । मलेसियामा भएको एसीसी यु–१९ पूर्वी क्षेत्रको छनोट खेल अन्र्तगत फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल मलेसियामा नै हुने एसियाकप प्रतियोगिताका लागि छनोट भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ३२ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन जोड्न सफल भएको थियो ।

७७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले प्रस्तुत लक्ष्य मात्र १४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै भेटाउन सफल भएको हो । जीत सँगै नेपाल छनोट प्रतियोगिताको च्याम्पिय बनेको छ । नेपालको जीतका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रनको योगदान गरे । यस्तै, सन्दिप सुनार र प्रनित थापा मगरले समान १९ रन जोडे । अनिल कुमार शाह १६ रनमा क्याच भए ।

बलिङमा हङकङका लागि करण दीप सिंहले सर्वाधि ३ विकेट लिए । उता पहिला ब्याटिङ गरेको हङकङको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप र सहब अलमले समान ३/३ विकेट लिए ।

प्रतियोगितामा नेपाली टोली अपराजित रहँदै च्याम्यिन बन्न सफल भएको हो ।

लोकप्रिय