new

उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार

Published Date: September 15, 2017

एजेन्सी । उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ । दक्षिण कोरिया र जापान सरकारले यसको पुष्टि गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिव ७७० किलोमिटरको उचाईसम्म पुग्यो र यसले करिव ३७०० किलोमिटरको यात्रा पुरा र्गयो ।
जापानको एनएचके टीभीलाई उदृत गर्दै रोयटर्सले भनेको छ कि यो मिसाइल स्थानीय समय अनुसार ६ः५७ बजे छाडिएको थियो र ७।०६ बजे जापानको होकाइडो द्वीपमाथिबाट गयो । उत्तर कोरियाले एक दिन अघिमात्र आफूमाथि नयाँ प्रतिवन्ध लगाउने प्रस्तावको समर्थन गरेको भन्दै जापानलाई डुबाउने र अमेरिकालाई अंध्यारोमा धकेल्ने चेतावनी दिएको थियो ।

लोकप्रिय