पर्यो त मुक्तिनाथ कृषि कम्पनीको आइपिओ, यसरी हेर्नुहोस्

पर्यो त मुक्तिनाथ कृषि कम्पनीको आइपिओ, यसरी हेर्नुहोस्


काठमाडौं ।

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ मंगलबार बिहान बाँडफाँट भएको छ ।

धितोपत्र निष्कासन तथा एनआईएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान भएको बाँडफाँटमा १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएको छ ।

बाँकी आवेदन भने रद्द भएको छ । कम्पनीको आइपिओमा अन्तिम दिनसम्ममा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आइपिओ बाँडफाँट गरिएको छ।

कम्पनीले गत मंसिर ८ देखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको आइपिओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आबेदन परेको थियो।

सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुगेको छ ।

आइपिओको रिजल्ट यहाँ हेर्न सक्नुहुनेछ  : https://iporesult.cdsc.com.np/