new

आर्सनलद्वारा कोलोना पराजित

Published Date: September 15, 2017

एजेन्सी । इंग्लिश क्लब आर्सनलले युरोपा फुटबलको नयाँ सिजनको पहिलो खेलमा विजयी भएको छ ।
बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा जर्मन क्लब एफसी कोलोनलाई ३ – १ ले पराजित गर्दै विजय सुरुआत गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता उल्टाएर आर्सनलले खेल आफ्नो बनाएको हो । घरेलु टोलीलाई जिताउन सिड कोलासिनाच,एलेक्सिस सान्चेज र  हेक्टर बर्लीनले एक एक गोल गरे । कोलोनका जोन कोर्डोबाले एक गोल फर्काए ।
यो जितसँगै समूह एच को आर्सनलले ३ अंक जोडेको छ । आर्सनल आफ्नो समूहको शीर्ष स्थानमा छ । यो समूहमा ३ अंक नै जोडेको बेट बोरिसोभ दोस्रो स्थानमा छ ।

लोकप्रिय