सिटिजन लाइफले अधिकतम ७७ रुपैयाँसम्म बोनस दिने

सिटिजन लाइफले अधिकतम ७७ रुपैयाँसम्म बोनस दिने


काठमाडौं ।

सिटिजन लाइफले नयाँ बोनस दर आज सार्वजनिक गरेको छ ।

सिटिजन लाइफले बीमितले पाउने नयाँ बोनस दर नेपाल बीमा प्राधिकरणबाट यही मङ्सिर १५ गते स्वीकृत भए पश्चात् सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७९/०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

आज सार्वजनिक भएको नयाँ बोनस दर अनुसार बीमितले अधिकतम ७७ रुपैयाँसम्म बोनस पाउनेछन्।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, वार्षिक अग्रिम भुक्तानीमा २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनस पाउनेछन्।

त्यस्तै, सिटिजन शुभारम्भ सावधिक प्लस बीमालेखमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । सावधिक ९रेगुलर० बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण भएको छ।

त्यस्तै, सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजीवन बीमालेख ९सिटिजन जीवन सारथि० मा बीमा अवधि अनुसार न्यूनतम ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ ।