७० वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

७० वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा


यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ।

सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।

उनी पाको उमेरमा बच्चा जन्माउने महिलाहरूको सूचीमा परेकी छन्।

स्थानीय सञ्चारमाध्यमलसँग कुरा गर्दै उनले ‘चमत्कार’ भएको बताइन्।

उनलाई बधाई दिँदै अस्पतालले “यो चिकित्सकीय सफलताभन्दा पनि मानवीय भावना र चुनौती थेग्न सक्ने शक्तिको कुरा हो” भनेको छ।

“हामीले असाधारण उपलब्धि हासिल गरेका छौँ-अफ्रिकाकी ७० वर्षीया महिला जुम्ल्याहा बच्चाकी आमा बनेकी छन्,” विमिन्स् हस्पिटल इन्टरन्याश्नल एन्ड फर्टिलिटी सेन्टरले आफ्नो फेसबुक पेजमा लेखेको छ।

अस्पतालका अनुसार बुधवार मध्याह्न ती बच्चा जन्मिएका थिए। अस्पतालले “आमा र बच्चाहरू स्वस्थ रहेको” जनाएको छ।

नामुक्वायाले तीन वर्षमा दोस्रो पटक बच्चा जन्माएकी हुन्। सन् २००० मा उनले एक छोरी जन्माएकी थिइन्।

पहिला सन्तान नजन्माएकी भनेर आफूले होचोअर्घेलो खेप्नुपरेकाले आफूले फेरि बच्चा जन्माउने इच्छा गरेको उनले बताइन्।–बिबिसि