new

एनआरएन पोर्चुगलमा चुनावी चटारो, कार्कीको पल्लाभारी

Published Date: September 3, 2017

पोर्तुगल  : युरोपेली मुलुक पोर्तुगलमा अहिले गैंर आबासिय नेपाली संघको चुनाबी माहौलले अप्रवासी नेपालीहरुलाई तताएको छ । आगामी नेतृत्वमा कस्लाई लाने अनि कस्को नेतृत्व आउने भन्ने बिषयमा व्यापक बहस हुन थालेको छ ।
शनिवार लिस्बनमा भएको मनोनयन दर्ता कार्यक्रम पछि अप्रत्याशित रुपमा माहोल अर्कै भएको छ । नेपाली कांगेसको भातृ संगठन जनसम्पर्क समितीका तर्फ बाट उमेद्वार बनेका कुबेर कार्कीको चर्चा चुलिदै गर्दा अचानक प्रवासी मन्चको सहमती बिपरीत मन्च कै महासचिव रोबर्ट लिम्बूले पनि अध्यक्षमा मनोनयन् दर्ता गरेका छन् ।


भने यता प्रवासी मन्चका अध्यक्ष गोबिन्द पौड्यालले फेसबुक मार्फर उमेदवार फिर्ता लिन रोबर्ट लिम्बूलाई आग्रह गरेको छन । तर श्रोतका अनुसार लिम्बूको उम्मेद्बारी आउदै गर्दा पुर्ण रुपमा फाईदा भने अध्यक्षका मुख्य सम्भावना रहेका कुबेर कार्कीलाई हुने पाईएको छ ।
बिगत लामो समय देखि प्रवासमा रहेर काम गरिसकेका कार्कीलाई पोर्तुगलमा पनि नेतृत्वका लागि अब्बल नै मानिन्छ । अफ्रिकि मुलुक युगान्डाको एन आर एन का सस्थापक अध्यक्ष लगायत नेपाल मा रोटोयाक्ट तथा विभिन्न सामाजिक कार्यको अनुभव बोकेका कार्कीको नेतृत्वमा प्रबल सम्भावना रहेको देखिन्छ ।

पोर्तुगल वासी नेपालीहरुको साझा समस्या तथा नेपाली दूतावासको स्थपनालाई मुख्य एजेन्डा लिएर आएका कार्की प्रस्ट बक्ता रुपमा चिनिएका छ्न् । पुर्बी पहाडी क्षेत्र भोजपुरका कार्की प्रबासमा एक कुसल व्यावसायि पनि हुन् ।

मुख्यत सबै बिचारधाराका ब्यक्ति तथा प्रतिनिधिहरुलाई सामाजिक कार्यमा मिलाएर लान सक्ने बिषयमा अब्बल उनी आगामी नेतृत्वको लागि योग्य रहेको पोर्तुगलबासि नेपालीहरुको धारणा रहेको छ ।

लोकप्रिय