new

दुबईमा दम्पतीको मृत्यु, परिवार शोकमा

Published Date: August 30, 2017

चितवन । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका परशुराम सापकोटा दम्पतीको मृत्युपछि परिवार शोकमा डुबेको छ ।
अकस्मात छोरा बुहारीको निधनले उनकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवारजन शोकमा परेका छन ।
“शुरुमा खबर आउँदा नचाहिने कुरा बोल्यो भन्ने भो,” बुबा मोती सापकोटाले भन्नुभयो, “आखिर नहुनुपर्ने घटना भएकै रहेछ ।” उहाँका अनुसार छोरा ३६ वर्षका परशुराम सापकोटा दुई वर्षअघि रोजगारीका लागि कुक हेल्परमा दुबई गएका थिए ।
उनकी श्रीमती कल्पना सापकोटा तीन वर्षअघि दुबई काम गर्न गएकी थिइन् । कल्पनाले नै परशुरामको भिसाको व्यवस्था गरिदिएको जनाइएको छ ।
आफ्नै कोठामा शनिबार दम्पतीनै मृतावस्थामा फेला परेको जानकारी आएको बुबा मोती सापकोटा बताउनुहुन्छ । घटनाको कारण भने खुलेको छैन ।

लोकप्रिय