new

मदन पुरस्कार ‘धृतराष्ट्र’लाई, जगदम्बा श्री पुरस्कार वात्सायनलाई

Published Date: August 27, 2017

काठमाडौं : दुई लाख रुपैयाँ पुरस्कार राशी रहेको यस पटकको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ले पाउने भएको छ । कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको बैठकले गरेको गुठीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका छानिएको थियो ।

यस्तै दुई लाख पुरस्कार राशी भएको जगदम्बा श्री पुरस्कार दुर्गा बराल वात्सायनलाई प्रदान गर्ने निर्णय पनि गुठीले गरेको छ ।

गुठीको बैठकले समसामयिक विषय र विसंगतिहरुलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा चेतना जगाउँने काम गरेको भन्दै पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।

लोकप्रिय