इन्जिनियर बेगरको पूर्वाधार विकास कार्यालय

इन्जिनियर बेगरको पूर्वाधार विकास कार्यालय


पर्वत ।

पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय विगत ३ वर्षदेखि इन्जिनियरविहीन बनेको छ ।

जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम प्रभावित भएको हो ।

तीन जना इन्जिनियरका सातौं-आठौं तहको दरबन्दी भए पनि कार्यालयमा अहिले इन्जिनियरको सबै कुर्सी खाली छन् । जिल्लाको ग्राभेल सडक, सडक पुल, माटे सडक, झोलुङ्गे पुल लगायत निर्माणको गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इन्जिनियरको दरबन्दी तीन जनाको हो तर एक जना पनि छैनन् ।

त्यसैगरी कार्यालयमा सब–इन्जिनियर अधिकृतस्तर पाँचौं-छैटौंको ७ वटा दरबन्दी छ तर अहिले कार्यरत सब–इन्जिनियरको सङ्ख्या जम्मा २ जना मात्रै छ ।

दरबन्दी अनुसारको कर्मचारी नभएपछि आफूहरुलाई कामको अत्यन्तै चाप रहेको बताउँदै कार्यालय प्रमुख गुरुदत्त अधिकारी बताँउछन् ।