new

वर्षाको ‘आकाशको तारा’ सार्वजनिक (भिडियो)

Published Date: August 18, 2017

काठमाडौं : भर्सटाइल गायिका वर्षा कर्माचार्यले केही दिनअघि मात्रै आफ्नै यू–ट्युव च्यानलमार्फत आकाशको ताराबोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा निकै ब्यस्त संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीत समावेश रहेको गीतको एरेञ्ज पनि हरकुलिशले नै गरेका छन् ।

धिरज अधिकारीको निर्देशनतथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङले फिचरिङ गरेका छन् । म्युजिक भिडियोमा मेकअप र कारियोग्राफी पनि गायिका वर्षाले नै गरेकी छन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमागायिका वर्षाको गायनसँगै अभिनय पनि उत्कृष्ट छ ।

२ वर्षअघि नेपाली गीत–संगीतलाई नियाल्दा युवा पुस्ताले रुचाएको एक गीतथियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफलतासँगै वर्षा कर्माचार्यको नामको अगाडि थपिएको उपनाम थियो, सफलगायिका वर्षा कर्माचार्य । उनै गायिकाकर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो ‘आकाशको तारा’ सार्वजनिक गरेकी हुन् ।

हाल अमेरिकामा रहेकी गायिका वर्षाले पहिलो गीत जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आशा गरेकी छन् । ‘म सधैं आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिनखोज्छु । यो गीतमा पनि दर्शकलाई नयाँपन दिन खोजेकी छु,’ वर्षाले भनिन् ‘विदेशमा बसेर पनि नेपाल र नेपाली गीत/संगीतिक क्षेत्रलाई विश्वमा परिचित गराउने सोच बनाएकी छु ।’

लोकप्रिय