टिकटक प्रतिबन्धविरुद्ध अर्को रिट दर्ता, पेशी भोली

टिकटक प्रतिबन्धविरुद्ध अर्को रिट दर्ता, पेशी भोली


काठमाडौँ ।

सर्वोच्च अदालतमा सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध सोमबार पनि एघारौँ रिट दर्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर दर्ता गरिएको उत्प्रेषण, परमादेश लगायत उपयुक्त आदेश जारी गर्दै खारेजको माग गर्दै दर्ता गरिएको रिट कमला अधिकारी, चिरञ्जीवी अधिकारी, आनन्द गौतम, जगन्नाथ दुलाल, ममता शिवाकोटी, सुरज प्याकुरेल, संजोग कोइराला, डा. स्मृति श्रेष्ठ र समीक्षा रायमाझीले दर्ता गरेका हुन् ।

उक्त रिटमा भोली अर्थात् मंसिर ५ गते मंगलबा बिहान १० बजेका लागि पेसी तोकिएको छ । यस सन्दर्भमा शुक्रबार १० वटा रिट दर्ता भइसकेको थियो । उक्त रिटमा आज (सोमबार) सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर, उक्त रिट आज हेर्न नभ्याइने सूचीमा परेको थियो ।