new

चितवन नै पुगेर नायिक आँचलले के दिइन अध्यक्ष गौतमलाई

Published Date: August 12, 2017

चितवन । चितवनमा रहेर सामाजिक कार्यमा सक्रिय दुई जनालाई ‘जेन्टलम्यान’ अवार्ड प्रदान गरिएको छ । आज (शुक्रबार) भरतपुरमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले जेन्टलम्यान क्लबको नामबाट उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवंम समाजसेवी राजन गौतम र समाजसेवी छायाँ श्रेष्ठलार्ई ‘जेन्टलम्यान’ अवार्ड प्रदान गरिएको हो ।

चलचित्रका निर्माता एन्ड्रिउ पौडेलले चितवनमा रहेर समाज परिवर्तनको नायकको रुपमा रहेकोले गौतम र श्रेष्ठलाई अवार्ड प्रदान गरिएको जानकारी दिनुभयो । गौतम र श्रेष्ठलाई चलचित्रका नायक पल शाह र नायिक आँचल शर्माले संयुक्त रुपमा अवार्ड प्रदान गर्नुभएको थियो ।
अवार्ड समारोहमा बोल्दै चलचित्रका नायक पल शाहले वास्तविक जीवनमा समाज परिवर्तनमा महत्वपूर्ण योगदान दिने र सकरात्क सोँचका साथ अघि बढ्ने मान्छे नै जेन्टरम्यान हुने भन्दै यस्तो व्यक्तिहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सोही क्रममा उपस्थित विद्यार्थी र अभिभावकहरुलाई चलचित्र हेरिदिन आग्रह गर्नुभयो ।

लोकप्रिय