new

कमजोर सामग्रीको प्रयोगले भाँचियो डेढ करोडको पुल

Published Date: August 11, 2017
 काठमाडौं । डेढ करोड खर्चिएर काठमाडौं महानगरपालिकास्थित पुरानो ढल्को चोकमा बनाइएको पक्की पुल उद्घाटन गर्न नपाउँदै भाँचिएको छ ।यो पुल आगामी साता उद्घाटन गर्ने तयारी थियो तर, बिहीवार भाँचिएको छ । पुल भाँचिदा ५ जना सर्वसाधारण समेत घाइते भएका छन् ।हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको यो पुलको निर्माण आज शुक्रबार सम्पन्न हुँदैथियो ।२३ वटा स्ल्याब राखिसकिएको थियो । स्ल्याब हाल्ने क्रममा पुल भाँचिएको हो ।लोड थेग्न नसकेर पुल भाँचिएको निर्माण कम्पनीको दाबी छ । तर, यो निर्माणको अन्तिम चरणमा रहेको पुलमा अतिरिक्त लोड केही पनि थिएन ।स्थानीयबासीका अनुसार कमजोर सामग्रीको प्रयोग र निर्माणको लापरवाहीले पुल भाँचिएको हो ।करीव डेढ वर्षअघि ठेक्का सम्झौता भएर एक वर्षअअघिदेखि पुल निर्माणको काम अघि बढाइएको थियो । डेढ करोड रुपैयाँ लागत पुल निर्माणको सम्झौता भएको थियो ।पुल निर्माणका लागि त्यसको डिजाइन सडक विभागबाटै पास गरिएको निर्माण कम्पनीको दाबी छ ।

 

 

लोकप्रिय