new

कानुन मिचेर चलाए कर्ण शाक्यले रिसोर्ट

Published Date: August 11, 2017

काठमाडौँ । पर्यटकीय आर्कषण केन्द्र फेवातालको किनारास्थित सेदी भन्ने स्थानमा पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बबनायएका खुलेको छ ।

शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफरिस नगरेको उल्लेख गरेको छ । ‘पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीय स्थलमा रिसोर्टका रुपमा दर्ता गर्न यस महाशाखाबाट सिफरिस गरिएको अभिलेख छैन,’ महाशाखाले २०६८ भदौ १ गते सर्वौच्च अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ ।

अधिवक्त खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले २०६८ असारमा कर्ण शाक्य, प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय, उद्योग विभाग, पर्यटन उद्योग महाशाखा, कम्पनी रजिस्ट्रार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थिए ।   नागरिकमा समाचार छ ।

लोकप्रिय