new

हात्तीको आक्रमणमा परी एघार वर्षीय बालकको मृत्यु

Published Date: August 10, 2017

 

पर्सा : पर्साको सुवर्णपुर गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं। २ इक्षानगर निवासी रामकुमार प्रजाको ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो ।

बिहान ३ः३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चलेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत रिजनको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

वन क्षेत्र नजिकै रहेको पर्साको ठोरी, सुर्वणपुर, विजयबस्ती लगायतका स्थानमा हात्तीको समूहले निरन्तर आक्रण गर्दै आएको र हात्तीको आक्रमणमा परी बर्षेनी दर्जनाँै व्यक्तिले ज्यान गुमाएको स्थानीयवासीले गुनासो गरेका छन् । वनबाट आएको हात्तीको समूहले गाउँ प्रवेश गरी घर भत्काउनाका साथै बालीसमेत नष्ट गर्दै आएपनि स्थानीय प्रशासनले हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको भनाइ रहेको छ ।

लोकप्रिय