new

बाबा रामदेव अब बलिउडमा

Published Date: August 10, 2017

 

बाबा रामदेव योगा र व्यवसायिक ब्रान्डमा मात्र सिमित छैनन् । उनि रियालिटी शोहरुको अतिथी निर्णायकका रुपमा रहेर निक्कै चर्चित भएका थिए ।
भर्खरै उनी लाइफ ओकेको ॐ शान्ति ॐ निर्णायक प्यानलमा रहने खबर नसेलाउँदै नयाँ खबर सार्वजनिक भएको छ। उनले बलिउड डेब्यु गर्दैछन् । फिल्म ए हे इन्डिया मार्फत अभिनयमा देखिन लागेका हुन् ।

राष्ट्रभक्ति कथामा आधारित फिल्मको गीतमा उनको मुख्य फिचरिङ रहने भएको हो । गीतको बोल रहेको छ । सैंया सैंया तापेश पन्वारको कथामा बन्न लागेको फिल्मलाई लोम हर्शले निर्देशन गर्दैछन् । फिल्मले २५ वर्षिय गैर आवसायि भारतिय युवाको कथा बोल्छ । जहाँ उसले भारत बारे बनाएको धारणा परिवर्तन गर्छ । फिल्म निर्माता रहेका संदिप चौधरीले रामदेव फिल्ममा फिचरिङका लागि सकारात्मक रहेको बताए । चौधरी भन्छन्, उनको डेब्यु बलिउड प्रचारको लागि निकै बलियो माध्यम बन्छ ।

अन्य कलाकार ग्याभी छाहल र दियाना उप्पालको मुख्य अभिनय रहेको छ । फिल्मको राजस्थान, बिहार, मध्यप्रदेश र गुजरातमा छायाँकन गरिने मुम्बइ मिररले जनाएको छ ।

लोकप्रिय