भक्तपुरकाे मध्यसहरमा चितुवाले आक्रमण गरेपछि…

भक्तपुरकाे मध्यसहरमा चितुवाले आक्रमण गरेपछि…


काठमाडाैँ ।

भक्तपुरकाे मध्यपुरठिमी– ३ कौशलटारमा चितुवाले आक्रमण गर्दा २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार चितुवाले शुक्रबार बिहान करिब ७ बजेतिर आक्रमण गर्दा २ जना महिला सामान्य घाइते भएका हुन् ।

मध्य सहरमा चितुवा कहाँबाट आयाे भन्ने खुलेकाे छैन । चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौँको टोलीलाई खबर गरेको थियो । लगत्तै वन अधिकृत पराजुलीसहितको टोली परिचालित भई चितुवा नियन्त्रणमा लिइएकाे छ ।

घरको कम्पाउन्डभित्र रहेकाे चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको हाे । नियन्त्रणमा लिइएकाे चितुवा डिभिजन वन कार्यालय भक्तपुर लगिएको छ । आवश्यक कागजात बनाएर चिडियाखाना लगेर स्वास्थ्य परीक्षण गिरने छ । स्वास्थ्यमा कुनै समस्या नदेखिए जंगलमा छाडिने वन कार्यालयले जनाएकाे छ ।

करिब ७–८ वर्षको वयस्क चितुवा करिब सय किलो ताैलकाे रहेकाे बताइएकाे छ ।