new

गच्छदारको पार्टी गम्भिर संकटमा

Published Date: August 9, 2017

काठमाडौं : मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा सरकारमा सहभागिताको विषयमा लिएर असन्तुष्टि देखिएको छ । असन्तुष्टिकै कारण फोरमका सह अध्यक्ष रामेश्वरराय यादवले पार्टी समेत परित्याग गरिसकेका छन् । जसका कारण पार्टी अध्यक्ष विजयकुमार गच्छदार संकटमा परेका छन् ।

सहअध्यक्ष यादवले पार्टी छोडेपछि अध्यक्ष गच्छदारले आज बुधबार छलफल गर्नका लागि बैठक बोलाएका छन् । उनले सहअध्यक्ष यादवले पार्टी सञ्चालनमा कुरा नमिलेर पार्टी छाडेको बताए । उनी बाहिरिएपछि तेस्रो चरणको निर्वाचन नजिकिदै गर्दा गच्छदारलाई घाटा लाग्ने भएको छ।

लामो समयदेखि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका यादवले मंगलबार अध्यक्ष गच्छदारलाई राजीनामा पत्र बुझाउँदै पार्टी छाडेको बताएका हुन् । पार्टी परित्याग गरेका यादव केही नेता कार्यकर्तासहित एमालेमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।

उनी पूर्व कानुन मन्त्री समेत हुन्। स्थापनाकालदेखि हालसम्म पार्टी संस्थागत रुपमा अगाडी बढ्न नसकेको, पार्टीका नेता तथा कार्यकर्ता जसले निस्वार्थ भावले पार्टीमा खटिएका छन्, उसको उचित मुल्यांकन हुन नसकेको, मधेसलाई आधारभूमि बनाएर गठन भएको पार्टीले मधेसको मुद्दा छाँडिदै पार्टीलाई सत्तामुखी बनाएको लगायतका आरोप उनले उच्छदार माथि लगाएका छन् ।

लोकप्रिय