new

बोष्टनमा श्रीमद्भागवत महापुराण शुरु

Published Date: August 8, 2017

अमेरिका : नेपाली सामुदायिक भवन निर्माणका लागि आइतबारदेखि अमेरिकाको बोष्टनमा श्रीमद्भागवत महापुराण सप्ताह यज्ञ शुरु गरिएको छ । नेपालका पं दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ शुरु गरेका हुन् । सो सिलसिलामा आइतबार एक हजार आठ कलशयात्रा समेत गरिएको थियो ।

पशुपतिनाथ बुद्ध फाउण्डेशनको सहयोगार्थ आयोजित सप्ताहबाट उठेको रकमले बोष्टनमा एक सामुदायिक भवन बनाइने आयोजकले जनाएको छ । सप्ताहा व्रतबन्ध, गुन्यू चोलो, लाख बत्ती, चौरासी पूजा, तुला दान, दश दानलगायत विभिन्न कर्मकाण्डसमेत गरिने बताइएको छ । कार्यक्रममा लामा पाठ, बौद्ध शिक्षाको ज्ञानलगायत कार्यक्रमसमेत गरिने भएको छ ।

लोकप्रिय