new

रक शैलीको तीज गीत ल्याइन् सरस्वतीले

Published Date: August 7, 2017

काठमाडौं : लोक शैलीका तीज गीतहरु आइरहेको बेला पप गायिका सरस्वती लामाले रक शैलीको तीज गीत ल्याएकी छिन् । उनले यसपालीको तीज पनि रक मै जम्ने भो बोलको गीत सार्वजनिक गरेकी हुन् ।

अत्याधुनिक वाद्ययन्त्रहरु प्रयोग गरेर सरस्वतीले नौलो शैलीको तीज गीत ल्याएकी हुन् । उनले ओए शिव शम्भो, लामो साडी लगाउँदा जिउमा गरम भो, नलगाउँदा झनै सरम भो जस्ता शब्दहरु राखेर गीतलाई नौलोपन दिएकी छिन् ।

उनले यो गीतमा महिलाका पीडा तथा वेदनालाई समेटिकी छैनन्, उल्टो छोटा पहिरन तथा डिस्कोका कुरा गरेकी छिन्।

सरस्वतीको गीतमा टंक बुढाथोकीले संगीत दिएका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् । म्युजिक भिडियोमा सरस्वतीसहित रिना, विपना, निसा, मल्लिका, सुनिता, बाबुराम तथा कमलले अभिनय गरेका छन् ।

लोकप्रिय