new

एनआरएनए जापानको अध्यक्षमा दुई जनाको उम्मेदवारी

Published Date: August 7, 2017

काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न अधिवेशन पश्चात हुने नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा वर्तमान उपाध्यक्ष टासी लामा र महासचिव अनुज थापाको उम्मेदवारी परेको छ।

उम्मेदवारी दर्ताको अन्तिम दिन आईतवार बेलुकासम्म लामा र थापाले मात्र दर्ता गराएका हुन।

यस वर्षबाट नयाँ सिर्जना गरिएको वरिष्ट उपाध्यक्ष पदमा वहालवाला उपाध्यक्ष देवीलाल भण्डारीले मात्र उम्मेदवारी दिए । भण्डारीले निर्विरोध बन्ने दाउमा वरिष्ट उपाध्यक्ष पद रोजेका हुन्।

दुई जना चयन हुने उपाध्यक्षमा सरोजकुमार खत्री, शिवप्रसाद पौडेल, जिवन न्यौपाने, द्रोण सिलवाल निगाता र छत्र दाहाल फुकुओकाले उम्मेदवारी दर्ता गराएका छन। भने एक पदको महिला उपाध्यक्षमा अनिता गुरुङ र सविता श्रेष्ठले दावी गरेका छन।
यता अर्को महत्वपूर्ण पद महासचिवमा वर्तमान कार्यसमितिका सचिव बुद्धिराज घिमिरे र विशेश्वर रेग्मीको मात्र उम्मेदवारी परेको छ। यस्तै सचिव पदमा तीन जना जनक विक्रम शाही, वासुदेव लामिछाने र प्रकाश थापाले उम्मेदवारी दिएका छन।

कोषाध्यक्षमा प्रहलाद महत, कालिका थापा र महेन्द्रकुमार अधिकारीले उम्मेदवारी लिएका छन। यता नयाँ पद सहकोषाध्यक्षमा राम थापा अनिलको मात्र उम्मेदवारी परेको छ। उनी निर्विरोध भए।

यता एक महिला सहित छ जनाको सदस्य पदमा १९ जनाले उम्मेदवारी दिएका छन।

लोकप्रिय