new

स्वाइन फ्लु के हो ? लक्षण र बच्ने उपाय

Published Date: August 6, 2017

के हो स्वाइन फ्लु ? 

अहिलेको मौसम नै मानिसहरुलाई रुघाखोकी लाग्ने र सामान्य बिरामी हुने खालको छ । मौसम परिवर्तनको यो समयमा अधिकांस मानिसहरुमा सिजनल फ्लु अर्थात मौसमी रुघाखोकी लाग्ने गर्दछ । स्वाइन फ्लु पनि त्यस्तै रुघाखोकीको एक प्रकार मात्र हो । यो मौसममा अन्य रुघाखोकीका बिरामी हरेक दिन भेटिएकोजस्तै स्वाइन फ्लुका नयाँ बिरामी पनि हरेक दिन भेटिन सक्छन् । त्यसकारण स्वाइन फ्लु भयो भनेर आत्तिहाल्नु भने पर्दैन । तर, यस्को मतलब रोग नै लागेको छैन भनेर हेलचक्राई पनि गर्नुहुँदैन ।
सामान्य रुघाखोकी लाग्दा त मानिसहरु दुई तीन दिन ज्वरो आएर बिरामी पर्न सक्छन् ।

यस्मा पनि त्यस्तै हुन्छ । स्वाइन फ्लुमा सामान्य रुघाखोकी, घाँटी दुख्ने र उच्च ज्वरो आउँने हुन्छ । त्यसकारण यो रोगबाट जोगिन मानिसहरुले आफुलाई सफासुग्घर राख्ने, कोही रुघाखोकीका बिरामी छन् भने उनीहरुबाट टाढा रहने गर्नुपर्छ । स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भिडभाडमा जानु हुँदैन ।

लक्षण
उच्च ज्वरो आउने,
खोकी लाग्ने,
घाँटी दुख्ने,
वाकवाकी लाग्ने,
वान्ता हुने,
पखला लाग्ने ।

बच्ने उपाय
खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने,
खाना खानुअघि साबुनपानीले हात धुने,
संक्रमित व्यक्तिबाट टाढा रहने,
यात्रा गर्दा कसैलाई माथिका लक्षण देखिएका छन् भने सो व्यक्तिबाट टाढा रहनेझोल पदार्थ बढी सेवन गर्ने,
तातो पानीको बाफ लिने,
नुन पानीले कुल्ला गर्ने,
मास्क प्रयोग गर्नै,
खकार तथा सिंगान जहाँ पायो त्यहि नफाल्ने ।
एक बिरामीको स्वाइन फ्लू कै कारण मृत्यू भएको खबर आएसँगै वालिङ नगरपालिकामा स्थलगत परीक्षण गर्न काठमाडांैबाट चिकित्सकको टोली गत शुक्रबार ९१४ गते० वालिङ आएको थियो । महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेसहित दुईजनाको टोली शुक्रबार साँझ स्याङ्जा आएको थियो र शनिबार वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । गम्भिर रुपमा बिरामी परेका २० जनाको रगत र खकार संकलन गरी २४ घण्टा भित्र काठमाडौं पुर्‍याउने योजनाले टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । मंगलबार ५ जनालाई स्वाईनफ्लू देखापरेको महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट प्राथमिक स्वास्थ्य केन्द्रमा रिर्पोट आएको हो ।
वर्षा लागेपछि मौसम फेरिने क्रममा सामान्य बिरामी भएको भन्दै सामान्य औषधि सेवन गर्दै जाँदा उनीहरुलाई स्वाइन फ्लूबाट संक्रमित भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

लोकप्रिय