new

पत्रकार अनिताको प्यारो माइती हेर्नुस् भिडियोमा

Published Date: August 6, 2017

काठमाडौं : सधै समाचार लिएर नेपाल टेलिभिजनको पर्दामा देखिने पत्रकार अनिता बिन्दुले तीजको अवसर पारेर गीत बजारमा ल्याएकी छिन् । पत्रकार महासंघकी उपाध्यक्ष समेत रहेकी पत्रकार बिन्दुले आमा दिदी बहिनीको पीर ब्यथा समेटेर प्यारो माइती शीर्षकको तिज गीत ल्याएकी हुन्।

स्कुल पढ्दैदेखि गाउन र नाँच्नमा खप्पिस अनिताले अघिल्लो वर्ष पनि म मन पराइन लाइन बरिलै भन्दै तीजको गीत गाएकी थिईन् । यसपाली उस्तै टिपिकल शब्द र भाका लिएर आएकी छिन् ।

गण्डक क्षेत्र लोकसंगीतमा सम्पन्न छ । गीत सुन्दा अनितामा पनि गण्डकको प्रभाव प्रसस्तै देखिन्छ । उनका गीत सुन्ने हरेक चेलीले एक पटक वाल्यकालको तीज महसुस् गर्छन् ।

खोला तर्न नसकेर माझीको प्रतिक्षामा बसेको मात्रै हैन । माइतीघरमा चेलीबेटी जम्मा भएर रमाइलो गरेको प्रसंग पनि छ उनको गीतमा छ ।

लोकप्रिय