new

काठमाडौंमा स्वाइन फ्लू ,अस्पतालमा भीड

Published Date: July 30, 2017

काठमाडौं। काठमाडौंमा स्वाइन फ्लूको संक्रमण देखिएपछि स्वास्थ्य परिक्षण गराउनेहरु बढेका छन् ।
टेकुको शुक्रराज ट्रपिकल अस्पताल आज मात्रै ५० भन्दा बढि व्यक्ति स्वस्थ्य जाँच गर्न आएको अस्पतालका शेर बहादुर पुनले बताए ।

तीन दिन अघि मात्र कलंकीका एकै परिवारका नीन जनामा स्वाइन फ्लुको संक्रमण देखिएको थियो । त्यसपश्चात मानिसहरुमा स्वाइन फ्लुको आशंका बढेको हो ।

तीन दिन अघि संक्रमण देखिएका एकै परिवारका ति व्यक्तिहरुले नियमित औषधी प्रयोग गरीरहेको र स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको चिकित्सक पुनले बताए ।

रुघाखोकीका विरामी पनि स्वाइन फ्लुको आशंका गरी अस्पतालमा स्वास्थ्य जाँच गराउन थालेका छन् । काडमाडौंमा एक महिना अघि पनि स्वाइन फ्लुको संक्रमण देखिएको थियो । स्वाइन फ्लुबाट हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वाइन फ्लुको एचवालएनवान, एचवानएनटू, एचथ्रीएनटू, एचथ्रीएनवान नामका चार प्रकारका भाइरस हुन्छन् । जस मध्ये एचवान एनवान सबैभन्दा खतरानक भाइरस हो ।

यसको संक्रमण संसारका करिब दुई सय देशहरूमा देखिईसकेको छ ।

स्वाइन फ्लु भएको मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षण देखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेतका लक्ष्यण हुन सक्ने चिकित्सकको भनाइ छ ।

स्वाइन फ्लु सरुवा रोग भएकाले कुनै पनि व्यक्ति सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्न चिकित्सक पुनले आग्रह गरे ।

लोकप्रिय