२ लाख १८ हजार नगद सहित २३ जुवाडे पक्राउ

२ लाख १८ हजार नगद सहित २३ जुवाडे पक्राउ


काठमाडौं ।

भक्तपुर र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ६ सय ५० रुपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय पारस भट्ट समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार १ सय १० रुपैयाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो । साथै उक्त स्थानबाट मोटरसाइकल ६ थान र स्कुटर १ थान समेत प्रहरीले बरामद गरेको छ ।