दिपेन्द्र सिंह ऐरीले विश्वकप छनोट नखेल्ने

दिपेन्द्र सिंह ऐरीले विश्वकप छनोट नखेल्ने


काठमाडौं ।

नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल नखेल्ने भएका छन्

ऐरीको खुट्टामा चोट लागेका कारण सवै खेल गुमाउने संभावना बढेको हो ।

सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । आजको खेलमा ऐरीको ठाउँमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुर फर्केका थिए ।

नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।