पोखरामा बस दुर्घटना : १३ जना घाइते, ४ जनाको अबस्था गम्भीर

पोखरामा बस दुर्घटना : १३ जना घाइते, ४ जनाको अबस्था गम्भीर


पोखरा ।

पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ ।

दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।

घाइते यात्रुहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज लगिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिवकुमार पाठकले जानकारी दिए ।

पोखरा १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो ।

घाइतेमध्ये चारको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।