राष्ट्रिय टिमबाट सन्दीपले लामिछानेले लिए नाम फिर्ता

राष्ट्रिय टिमबाट सन्दीपले लामिछानेले लिए नाम फिर्ता


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गर्दै छ ।

त्रिकोणात्मक सिरिज १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।

यस्तैमा सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् ।

सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’

यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।

उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’