केपी ओलीको स्वागत गर्न धावनमार्गमै पुगे कार्यकर्ता, इन्चार्जलाई स्पष्टीकरण सोध्ने

केपी ओलीको स्वागत गर्न धावनमार्गमै पुगे कार्यकर्ता, इन्चार्जलाई स्पष्टीकरण सोध्ने


जनकपुरधाम ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु जनकपुरधाम विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् ।

सुरक्षालाई चुनौती दिँदै उनीहरु बुधबार अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलको धावनमार्गमा पुगेका हुन् ।

मधेस प्रदेशको अधिवेशनलाई उद्घाटन गर्न यति एयरलाइन्सको विमानबाट जनकपुरधाम आएका अध्यक्ष ओलीलाई नेता कार्यकर्ताले धावनमार्गमै पुगेर स्वागत गरेको विमानस्थलले जनाएको हो ।

जनकपुरधाम विमानस्थलका प्रमुख भिमदत्त्त पन्तले भने, ‘भीआईपी रुमभन्दा अगाडि जान नपाइने हो । हामीले रोक्न खोजेकै हो तर सुरक्षा निकायका सबै जनाकै अगाडि जबरजस्ती गरेर उहाँहरु धावनमार्ग जानुभयो ।’ सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न नपाइने उनले बताए ।

प्रमुख पन्तले १५–२० जना मात्रै त्यहाँसम्म गएको बताए ।

पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेपछि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्जलाई स्पष्टीकरण सोध्ने भएका छन् ।