दसैँमा घर जान असाेज २२ बाट गाडीकाे टिकट बुकिङ खुल्ने

दसैँमा घर जान असाेज २२ बाट गाडीकाे टिकट बुकिङ खुल्ने


काठमाडौँ ।

दसैँका लागि यस वर्ष असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँका लागि सार्वजनिक सवारीसाधनमा अग्रिम बुकिङ २२ असोजबाट खोल्ने जनाएको हो ।

शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको बताइएको छ ।

हरेक वर्ष दसैँ, तिहार र छव पर्वका अवसरमा काठमाडौँलाई कर्मथलो बनाएका आमनागरिक चाडपर्वमा जिल्ला जाने गर्छन् ।

दसैँमा घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दसैँअघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ ।