आज सुनको भाउ घटवड भएन, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउ घटवड भएन, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य समेत स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।