अनमोल केसी रिहा, प्रहरी भन्छ- ‘हिरासतमा राख्नुपर्ने अवस्था देखिएन’

अनमोल केसी रिहा, प्रहरी भन्छ- ‘हिरासतमा राख्नुपर्ने अवस्था देखिएन’


काठमाडौं ।

अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।

उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

रिहा भएपछि अनमोल केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।