new

बिरोधकै बिच उत्तर कोरियाले ग-यो मिसाइल परिक्षण

Published Date: February 12, 2017

 

उत्तर कोरिया । उत्तर कोरियाले ५ सय किलोमिटरसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
जापानी समुद्रसम्म पुग्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । गएको वर्ष धेरै आणविक परीक्षण गरेको भए पनि सन् २०१७ मा गरेको यो पहिलो परीक्षण हो ।
गएको जनवरीमा उत्तर कोरियाका नेता किम जोन–उनले आफ्नो देश आणविक हतियारसहितको लामो दूरीमा मार हान्न सक्ने मिसाइल परीक्षणको तयारीमा रहेको बताउनुभएको थियो ।
लगातार गरिरहेको मिसाइल तथा आणविक परीक्षणका कारण कोरिया प्रायद्विपमा तनाव बढ्दै गएको छ ।
दक्षिण कोरिया भ्रमणका बेला अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेमा त्यसको गतिलो जवाफ दिइने बताउनुभएको थियो ।
दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ ।

लोकप्रिय